Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

विवादमा तानिएपछि सुधन गुरुङले दिए स्पस्टीकरण, भन्छन्- आरोप र सत्य एउटै कुरा होइनन्

गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण दिएका हुन् ।

‘‘म यति मात्र भन्न चाहन्छु,  आरोप र सत्य एउटै कुरा होइनन् । निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ,’ गुरुङले भनेका छन्, ‘तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु ।’

उनले शहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्मले जिम्मेवार बनाउने भन्दै हल्लामा मात्रै नभइ प्रमाणमा उभिन आग्रह समेत गरेका छन् ।