शंकर अग्रवाललाई रिहा गर्ने निर्णय गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई रिहा गर्ने निर्णय गरेको हो ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान गर्न शुक्रवार राति विभागले उनलाई पक्राउ गरिएको थियो । अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन् ।
यस्तै शंकरका छोरा सुलभ अग्रवाललाई भने थुनामै राखिएको छ । सुलभ आइतबार विभागको सम्पर्कमा पुगेका थिए ।