संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ । उक्त बैठक दिउँसो २ बजे सुरु हरने भएको हो ।
बैठकको सम्भावित कार्यसूचीको बुँदा नम्बर ७ मा गृहमन्त्री सुदन गुरुङले तीन वटा अध्यादेश पेश गर्ने उल्लेख गरिएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार गृहमन्त्री गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ पेश गर्न लागेका हुन् ।
यस्तै अर्को ‘नेपाल विशेष सेवा –दोस्रो संशोधन) अध्यादेश, २०८२ पेश गर्न लागेको महासचिव पाण्डेले जानकारी दिए ।