Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने काँग्रेसको निर्णय

नेपाली कांग्रेसले १५औँ महाधिवेशन अगामी असोज १६ देखि १९ गतेसम्म गर्ने भएको छ ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकले यस अघि सभापति गगन थापाले पेश गरेको महाधिवेशनको कार्यतालिकामा संशोधन गर्दै असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको  प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । यस अघि सभापति थापाले भदौ २४, २५ र २६ मा गर्ने प्रस्ताव गरेका थिए ।

प्रवक्ता चालिसेले १५औँ महाधिवेशनको प्रक्रिया चैत २३ गतेदेखि सुरू हुने जानकारी दिदै २०८३ भदौ २ गतेदेखि वडा अधिवेशन, गाउँ तथा नगर अधिवेशन भदौ ७ मा हुनेगरी निर्णय गरिएको बताए ।  बैठकका बाँकी निर्णयहरू बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।