Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

समवेदनापत्र लिएर कतार प्रस्थान गरे उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारको तर्फबाट समवेदना व्यक्त गर्न सोमबारदेखि तीनदिने औपचारिक भ्रमणमा कतार प्रस्थान गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव असार ३० देखि साउन १ गते (१४–१६ जुलाई २०२६) सम्म कतार भ्रमणमा रहने छन् । भ्रमणका क्रममा उनले साउन १ गते कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको समवेदनापत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

उपराष्ट्रपतिसँग उच्चपदस्थ सरकारी अधिकारीहरूको प्रतिनिधिमण्डल पनि सहभागी रहेको मन्त्रालयले जनाएको छ । उपराष्ट्रपति यादव साउन १ गते भ्रमण सम्पन्न गरी काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।