Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

सुनको मूल्य २ लाख ८४ हजारमा झर्‍यो, चाँदीको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको १२ सयले घटेर तोलाको २ लाख ८४ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८५ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर तोलाको ४३६० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४३७५ मा कारोबार भएको थियो ।