प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत शुक्रबार दिउसो १२ बजेर ३४ मिनेटमा तय भएको छ ।
बालेनले साइतमै सपथ लिने व्यहोरा राष्ट्रपति कार्यालयलाई पनि जानकारी गराइएको छ । सपथका क्रममा १०८ जना बटुकले स्वस्तिक बाचन गर्नेछन् भने १०७ बौद्ध लामा गुरुहरुबाट मंगलवाचन गराइनेछ ।
७ जना ब्राम्हणले शंखनाद गरेर सपथग्रहण समारोहलाई सनातन धर्मबाट गुन्जयमान बनाउने तयारी भइरहेको छ ।
झापा-५ बाट बालेन शाहले ६८,३४८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका थिए।