Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन

सहकारी पीडित बचतकर्ता राष्ट्रिय महासङ्घले आज माइतीघरमा विरोध प्रदर्शन गरेको छ । सरकारलाई खबरदारी गर्न महासङ्घले विरोधसभा आयोजना गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले ग्याँस छैन, तेल छैन, सहकारीमा राखेको पैसा छैन, सहकारी ठगी गर्नेलाई दण्ड हुने कानुन बनोस्, पीडितलाई फुटाउने षडयन्त्र नगरियोस्, विगत ४५ दिनदेखिको आन्दोलन जारी छ, बिचकर्ताको पैसा फिर्ता गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितको समस्या समाधान गर्न अवको नयाँ सरकार गम्भीर हुनुपर्ने बताए ।