Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

निर्वाचन आयुक्त जबरालाई ‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक’ सम्मान प्रदान

निर्वाचन आयुक्त सगुनप्रसाद जबरालाई ‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक’ सम्मान प्रदान गरिएको छ।

नेपाली सेनाले भूतपूर्व सैनिकहरूको योगदानको कदर गर्दै हरेक वर्ष एक जना पूर्वसैनिकलाई उक्त सम्मान प्रदान गर्दै आएको छ। यस वर्षको सम्मान घोडेजात्रा अवसरमा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले जबरालाई प्रदान गरेका हुन्।

करिब तीन दशक नेपाली सेनामा सेवा गरेका जबरा महासेनानी दर्जाबाट अवकाशप्राप्त अधिकारी हुन्। सेवाकाल तथा अवकाशपछि पनि राष्ट्रप्रति समर्पित रहँदै समाजमा उल्लेखनीय योगदान पुर्‍याएको, अनुशासन र नेतृत्व क्षमतामा उदाहरणीय भूमिका निर्वाह गरेको आधारमा उनलाई सम्मान गरिएको सेनाले जनाएको छ।

सेनाको सचिवालयका अनुसार यस्तो सम्मानले भूतपूर्व सैनिकहरूको योगदानको मूल्यांकन गर्दै उनीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।