नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ आगामी चैत १२ मा गराउने तयारी भएको छ ।
समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई बिहीबार निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिँदैछ । सोही दिनै निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी समेत रहेको छ ।
निर्वाचन आयोगबाट जानकारी प्राप्त भएसँगै शपथका लागि मिति सार्वजनिक गर्ने तयारीमा रहेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलको रुपमा आएका छन् । जसमध्ये १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दलको रुपमा आएको छ । कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी तेस्रो र श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौं दलको रुपमा रहेको छ भने राप्रपा ५ सिटसहित छैठौं दलको रुपमा छ ।
साथै एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् । म्याग्दी- १ बाट महाबिर पुन हुन् ।