खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ ।
खोटाङको केपिलासगढी गाउँपालिका-२ बालाबेसीमा काठमाडौंबाट शव लिएर गएको एयर डाइनास्टीको हेलिकप्टर दुर्घटना भएको हो ।
शव बोकेर पुगेको उक्त हेलिकप्टर दुर्घटनापछि उद्धारका लागि पुगेको अर्को हेलिकप्टरले पाइलट र एक जना घाइतेलाई लिएर काठमाडौं फर्किँदै छ ।
अन्य अरु यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।