Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

ग्यास र इन्धनको कृत्रिम अभाव सिर्जना गराएको देखेमा हटलाइनमा जानकारी दिन महानगरको आग्रह

ग्यास र इन्धनको कृत्रिम अभाव सिर्जना भएको देखेमा तत्काल हटलाइनहरुमा सम्पर्क गरेर जानकारी गराउन हुन  काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ ।

महानगरले आफ्ना हटलाइन ९८५१३५६५०९ र ११८० मा सम्पर्क गरेर जानकारी दिन आग्रह गरेको हो । महानगरले काठमाडौँआमा ग्यास र इन्धनको अभाव सिर्जना गरेको विषयमा निगरानी शुरु गरेको जनाएको छ ।

आयल निगमले भारतबाट नियमित आउने ग्यास र इन्धन आएपनि अभाव सिर्जना गरिएको भन्दै गत शुक्रबारबाट ग्यासको आधा सिलिण्डर बिक्रि गर्ने निर्णय गरेको छ ।