Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

राहदानी वितरण एकदेखि तीन सातासम्म बन्द हुन सक्ने

राहदानी विभागले राहदानी वितरण एक देखि तीन सातासम्म बन्द हुन सक्ने जनाएको छ।

नयाँ प्रणालीमार्फत राहदानी जारी गर्दा राहदानी वितरणमा अवरूद्ध हुनसक्ने भएको हो ।

अहिले राहदानी पुस्तिका लगायतका आवश्यक तयारी गरिसकेको र एक-दुई महिना भित्रमा हालको प्रणालीबाट नयाँ प्रणालीमा बदली हुने बताउँदै विभागले उक्त अन्तरिम व्यवस्थामा प्रणाली स्थिर नभएसम्म राहदानी वितरण अवरूद्ध हुने विभागले सूचना जारी गरी जानकारी गराएको हो।

विभागका अनुसार त्यसो हुँदा अन्तरिम अवधिमा जिल्ला र इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भएर जारी हुन अहिलेको भन्दा बढी समय लाग्ने विभागले जानकारी दिएको छ।

Notice_2026_03_12_b5fadc90d6-1773374860.jpg