बुधबार नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ विन्दुमा बन्द भएको छ।
नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ११ अर्ब ४९ करोडमा झरेको छ।
यसदिन ३३४ वटा धितोपत्रको दुई करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर किनबेच भएको छ । यस दिन १४१ कम्पनीको सेयरमूल्य बढेको छ ११२ वटाको घटेको छ। यस्तै, सात कम्पनी स्थिर छन्।
यसदिन कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युतको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः दुई हजार १९६ रूपैयाँ ७० पैसा र ३०४ रूपैयाँ ७० पैसा पुगेको छ।
बुधबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ३०४ रूपैयाँ ७० पैसामा ८३ करोड ५७ लाख बराबरको सेयर कारोबार भएको हो।
त्यस्तै, यसदिन कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी आठ समूहको परिसूचक बढेकोले नेप्से बढेको हो ।