Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

जावलाखेललाई हराउदै एपीएफ राष्ट्रिय लिगको शिर्ष स्थानमा

जारी राष्ट्रिय लिगमा एपीएफले लगातार चौथो जित निकालेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफले जाउलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको हो । 

एपीएफको जितमा समिराज थोकरले दुवै गोल गरेका थिए भने जावलाखेलका लागि एक गोल धवेन्द्र कुँवरले गरेका थिए । यो जितपछि एपीएफ १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै जाउलाखेलको भने यो चौथो खेलमा तेस्रो हार हो ।

राष्ट्रिय लिगमा आज अर्को खेल चित्लाङ एफसी र मच्छिन्द्र क्लबबीच दिउसो ३ बजेदेखि सुरु हुदैछ ।