Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

धुम्मियो काठमाडौं, यी स्थानमा वर्षासँगै हिमपात

न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएको छ।

बुधबार बिहानदेखि देशका उच्च भू–भाग, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षासहित हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ।

tasbir.png
airport.png

यस्तै मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । 

बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटोअवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन् ।

hiu.png

लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले बताए । निरन्तर हिमपात भइरहेकाले तत्काल सडक सञ्चालन हुने सम्भावना न्यून छ । 

काठमाडौँबाट रुकुम, जाजरकोट, डोल्पालगायत  स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका  प्रहरी निरीक्षक मानन्धरले जानकारी दिए ।

बिहानैदेखि काठमाडौं उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ, जसका कारण दैनिक जनजीवन प्रभावित भएको छ।

यसैबीच, काठमाडौं उपत्यकाको वायु गुणस्तर खराब बनेपछि घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न विज्ञहरूले सल्लाह दिएका छन्।

hiu (1).png