Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास

भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म विश्वकप हुँदैछ। यस सिजनको विश्वकपको आयोजना भारत र श्रीलंकाले संयुक्त रुपमा गरेका छन् ।

उक्त सिजनका लागि अहिले नेपाली राष्ट्रिय क्रिकेट टिम आफ्ना अभ्यासको तयारीमा व्यस्त छन्। बंगलादेश प्रिमियर लिगको उपाधि जितेर बलर सन्दीप लामिछाने पनि भारत आइपुगेका छन्।

नेपाली टोली श्रीलङ्कामा केही अभ्यास खेलेर भारत आइपुगेको हो। विश्वकप अघि नेपालले भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट–११ सँग तीन टी–२० अभ्यास खेल खेल्दैछ।

मुम्बईको टिमपछि नेपालले विश्वकपको समूह चरणको खेलअघि संयुक्त अरब इमिरेट्स (युएई) र क्यानडासँग ‘वार्म अप’ खेल खेल्ने भएको छ । नेपालले युएईसँग फेब्रुअरी ३ र क्यानडासँग ५ तारिखमा खेल्नेछ। उक्त खेल चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुनेछ।

नेपालले फेब्रुअरी ८ मा भने इङ्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ।

नेपाली टिमका कप्तान रैहित पौडेलले भने नेपालले विश्वकपमा शतप्रतिशत नतिजा दिनेगरी खेल्ने बताएका छन्।