Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय चाबहिलका प्रमुख पेशलकुमार पोखरेलसहित २७ जनाको मोबाइल र विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ । 

मंगलबार लाइसेन्सको ट्रायलमा रकम असुलेको आरोपमा यातायात कार्यालयमा छापा मार्दै अख्तियारले कार्यालय प्रमुखसहित १७ कर्मचारी, तीन प्रहरी र ड्राइभिङ सेन्टरका ७ जनाको गरी कुल ३९ मोबाइल कब्जामा लिएको हो ।

अख्तियारले २५ थान मोबाइल, प्रहरीका तीन थान मोबाइल र नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टरका ७ कर्मचारीका ९ थान मोबाइल नियनत्रणमा लिएको छ । लाइसेन्सको ट्रायलमा रकम असुलेको उजुरी परेपछि मंगलबार अख्तियारले छापा मारेको थियो ।