Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

बौद्धका चिनियाँ लामा भूपतिबज्र बर्खास्त, कारण के होला ?

गुठी संस्थानले बौद्धनाथ क्षेत्रमा रहेका बौद्ध तथा मेलम्ची घ्याङ गुठीमा कार्यरत चिनियाँ लामा रिन्पोछे भूपतिबज्र लामालाई बर्खास्त गरेको छ। उनीसँग नेपाल र हङकङ दुवैको परिचयपत्र रहेको प्रमाण फेला परेको भन्दै उक्त पदबाट बर्खास्त गरेको हो ।

यधपी माघ ९ गते संस्थानका अध्यक्ष रमेशकुमार पोख्रेलको नेतृत्वमा संस्थानको सञ्चालक समिति बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै मिडियामा घुस लिएको उजागर भएपछि यी आरोप पुष्टि नभए पनि विवादास्पद व्यक्तिलाई पदमा राख्नु संस्थाको मर्यादाविपरीत भन्दै लामालाई उक्त पदबाट हताइएको हो ।

विद्वत समितिले भने बौद्धस्थित दैनिक पूजा आराधनाका लागि उपयुक्त प्रतिस्थापनाको खोजी प्रक्रिया जारी गरेको छ ।