Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

अटो दुर्घटना हुँदा एकको मृत्यु

इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ।  

जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो  देउमाई नगरपालिका–३  पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो । 

देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिइन् ।

गम्भीर घाइते भएका निजको अस्पताल पु‍र्याउने क्रममा बाटामा मृत्यु भएको हो ।