Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

बंगलादेश टी-२० विश्वकप खेल्न भारत नआएमा स्कटल्याण्डलाई सहभागी गराउने आइसीसीको निर्णय

आइसीसीले टी-२० विश्वकपमा बंगलादेश सहभागी नभएमा स्कटल्याण्डलाई सहभागी गराउने भएको छ । भारतमा विश्वकप टी-२० खेल्न नआउने अडानमा रहेको बंगलादेशलाई आइसीसीले एक दिनको समय दिएर निर्णय गर्न अल्टिमेटम दिएको हो ।

आइसीसीको बोर्ड बैठकमा यस निर्णयमा भएको मतदानमा १५ निर्देशक उपस्थित रहेकोमा पाकिस्तानले मात्र बंगलादेशको समर्थन गरेको थियो । अब एक दिनमा बंगलादेशले भारतमा विश्वकप खेल्न नआउने निर्णय गरेमा वरियताको आधारमा स्कटल्याण्डले विश्वकप खेल्ने अवसर पाउने छ ।

बंगलादेशलाई टी- २० विश्वकपमा समूह सी मा रहेको छ । उसले फेब्रुअरी ७ मा वेस्ट इन्डिज, फेब्रुअरी ९ मा इटाली र फेब्रुअरी १४ मा इङ्गल्याण्डसँग सामना गर्नेछ । तीनवटै खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा खेलिनेछ ।

साथै टोलीको अन्तिम समूह चरणको खेल फेब्रुअरी १७ मा मुम्बईमा नेपालसँग हुने तालिका रहेको छ ।