राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रहबर अन्सारीले बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्
उनले उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बारा–४ मा ठुल्ठुलो पैसाको बिटो र ट्रकमा पैसा ल्याएपछि चुनाव जित्न सकिन्छ भन्ने सन्देश अब तोड्न आफू आएको बताए।
लामो समय माओवादी केन्द्रको राजनीतिमा सक्रिय रहेका अन्सारीले टिकट नपाएर भन्दा पनि विचार नमिलेर पार्टी छाडेको स्पष्ट पारे। माओवादी छाडेर रास्वपा रोज्नुको कारण खुलाउँदै उनले आफू माओवादीसँग टिकट माग्न नगएको बताए ।
उनले पैसाको बिटोले चुनाव जित्न सकिन्न भन्ने सन्देश दिनु नै आफ्नो मुख्य योगदान रहेको बताए ।