Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर आजदेखि, नेपालको सामना थाइल्याण्डसँग

नेपालमा आयोजना हुने आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर प्रतियोगिता आजदेखि शुरु हुदै छ । 

आज प्रतियोगिताको पहिलो दिन चार खेल हुदैछन् ।  जस अनुसार नेपालले थाइल्याण्डको सामना गर्दै छ भने यो खेल टियु क्रिकेट मैदानमा हुदैछ । त्यस्तै अपर मुलपानी क्रिकेट मैदानमा अमेरिका र बंगलादेश खेल्दैछन् । त्यस्तै आजै अर्को खेल जिम्बाबे र नेदरल्याण्डस टियु क्रिकेट मैदानमा खेल्दैछन् भने अपर मुलपानी क्रिकेट मैदानमा आयरल्याण्ड र पीएनजी खेल्ने तालिका रहेको छ ।  क्यानले दर्शकका लागि नि: शुल्क प्रवेश हुने जानकारी दिएको छ । 

प्रतियोगिताका खेल्ने नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनिषा उपाध्याय रहेका छन् ।

जनवरी १८ देखि फेब्रुअरी १ सम्म आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् ।

ग्लोबल क्वालिफायरमा समुह ए मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे रहेका छन् भने समुह बी मा बंगलादेश, नामिबिया, नेपाल, नेदरल्याण्डसर पिएनजी रहेका छन् ।