नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र डा. मिनेन्द्र रिजालले पार्टीलाई एक ढिक्का राख्न पहल गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
बिहीबार बिहान देउवा निवास बुढानीलकण्ठमा गएर नेता डा. कोइराला र रिजालले पार्टीलाई एक ढिक्का राख्न पहल गर्न आग्रह गरेका हुन् ।
भेटमा भने डा. रिजालले पार्टी एकताबद्ध रहोस्, त्यसका लागि पहल गर्नुस् भन्ने सुझाव दिएका छन् ।
त्यस्तै कांगेसका महामन्त्रि गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका छन् ।