Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

देउवापछि ओली भेट्न गुन्डु नै पुगे राजेन्द्र लिङदेन, के-के भयो छलफल?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ भक्तपुरको गुन्डु स्थित ओली निवासमा ओली र लिङदेनबीच भेटवार्ता भएको हो । भेटमा अध्यक्ष लिङदेनले ओलीलाई पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निमन्त्रणा दिएका थिए ।

साथै दुवैबीच समसामयिक राजनीतिक परिस्थितिको गहिरो विश्लेषण र संवाद भएको भएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । अध्यक्ष लिङदेनले आजै काँग्रेस सभापति शेरबहादुर देउवालाई उनको महाराजगन्जस्थित निवासमा भेट गरेका थिए ।