नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई सान्दर्भिक बनाउन अभियान चलाइएको बताएका छन् ।नेताहरू चन्द्र भण्डारी र सुनिल शर्मासँग कुराकानीका क्रममा महामन्त्री थापाले उक्त कुरा भनेका हुन् ।
उनले नेकपा एमालेतर्फ लक्ष्य गर्दै जेनजी आन्दोलन केही होइन भन्ने ढंगले एमालेले लिएपनि कांग्रेसले त्यस्ताे सोच्न नहुने बताए ।उनले आफ्नो अभियानबाट पार्टी बलियो हुने समेत बताए।
कोही मानिसले पार्टी फुट्छ कि फुटाउँछन् भन्छन्। पार्टी फुट्दैन। कसैले चाहेर पनि फुट्दैन। साँच्चै असजिलो अवस्था आयो भने त म आफू विष पिउँछु नि, एकतालाई जोगाउँछु।’ उनले भने