Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

रास्वपाको समानुपातिक सूचीबाट सृजना वलीले नाम फिर्ता लिइन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा रहेकी सिर्जना वलीले पनि नाम फिर्ता लिएकी छन् । समानुपातिक बन्द सूचीमा नाम समावेश भएपछि उत्पन्न बहस र प्रश्नबीच ट्राभलर सृजना वलीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् । 

यात्राकै क्रममा हतारमा गरिएको निर्णयले आफूलाई आत्ममन्थन गर्न बाध्य बनाएको उल्लेख गर्दै वलीले अहिले राजनीति भन्दा बाहिर रहेर पर्यटन र ग्रामीण अर्थतन्त्रमा योगदानलाई निरन्तरता दिने बताएकी छन्। 

वलीले सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण दिँदै समानुपातिक सूचीमा नाम पर्नु योजनाबद्ध नभई यात्राकै क्रममा भएको आकस्मिक निर्णय भएको बताएकी छन् ।