Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभा निर्वाचनका ९ उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेसले ९ उम्मेदवार टुंगो लगाएको छ । मङगलबार साँझ बसेकाे कांग्रेसकाे कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनका ९ उम्मेदवारको टुंगो लगाएको हो ।

जसमा बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेस प्रदेशबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने भएकाे छ ।

त्यस्तै कांग्रेसका ९ उम्मेदवारले आज नै उम्मेदवारी दर्ता गराउँने भएकाे हाे ।