Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

कोशीको मन्त्रिपरिषद पुनर्गठन, को को बने मन्त्री ?

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मंगलबार नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ लिएका छन् ।

नव नियुक्त मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवार, उर्जा, खानेपानी तथा सिंचाई मन्त्री तिलचन पाठक, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा भीम पराजुली, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा इन्द्रमणि पराजुली रहेका छन् ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रीमा बिदुर सुब्बा लिन्थेप, सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतो, स्वास्थ्य मन्त्रीमा मानबहादुर लिम्बु रहेका छन् । त्यस्तै उद्योग कृषि तथा सहकारी मन्त्रीमा इजारयल मञ्सुरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा उमाकान्त गौतम र भौतिक पूर्वाधार मन्त्रालयको राज्यमन्त्रीमा शोभा पालुङ्वा लिम्बु रहेकी छन् ।

यससँगै प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ ।