Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

राष्ट्रिय सभाको निर्वाचनमा राजनीतिक दलहरुसँग तालमेल गर्ने काँग्रेसको निर्णय

नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा राजनीतिक दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ ।

काँग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको हो । काँग्रेसले राष्ट्रिय सभा निर्वाचनमा एमाले, नेकपा र जसपा नेपालसँग तालमेल गर्ने भएको छ ।   

कांग्रेसको कार्यसम्पादन समितिको बैठक पुस २३ गते बुधबार बिहान ९ बजे पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।