नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरू आजै टुङ्गो लगाउने भउकाे छ । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार स्थगित भएको कार्यसम्पादन समिति बैठक आजै पुनः बसेर उम्मेदवारको टुङ्गो लगाइने भएकाे हाे ।
‘आजै राति अबेरसम्म बसेर भएपनि राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गर्छौँ,’उनले भने । कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने प्रयास गरिरहेको छ । माघ ११ गते राष्ट्रियसभा निर्वाचनका १८ सिटमा हुने निर्वाचनमा दलहरूले तालमेल गर्ने प्रयास गरिरहेका छन् ।
दलहरूबिच तालमेलको प्रयासबारे कांग्रेसका तर्फबाट सहभागी भइरहेका नेता रमेश लेखकका अनुसार निर्वाचनमा कांग्रेस र एमालेलाई सात/सात, नेपाली कम्युनिस्ट पार्टीलाई ३ र जसपा नेपाललाई १ सिट दिने सहमति बनेको छ ।