Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

भोजपुरबाट एमाले सचिव शेरधन राई सिफारिस

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव शेरधन राई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका निर्वाचनका लागि गृहजिल्ला भोजपुरबाट सिफारिस भएको छ ।  

एमाले जिल्ला कमिटी भोजपुरको आज बसेको बैठकले सचिव राईको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । सचिव राईको विकल्पमा अर्को बलियो उम्मेदवार नदेखिएकाले सर्वसम्मत रुपमा उहाँको नाम सिफारिस गरेको एमाले भोजपुरले स्पष्ट गरेको छ । 

एमाले जिल्ला कमिटीले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने यसअघि नै नाम सिफारिस गरिसकेको जनाएको छ । 

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालिसकेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् एमाले नेता राईलाई सो पार्टीको आज काठमाडौँमा बसेको सचिवालय बैठकले कोशी प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ ।