Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

बालेनले बुझाए जाँचबुझ आयोगलाई लिखित जवाफ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत भदौ २३ र २४ गते भएकाे जेन-जी प्रदर्शनकाे घटनाबारे जाँचबुझ आयोगलाई लिखित जबाफ बुझाएका छन्।

आयोगले प्रश्नहरू पठाएपछि शाहले पनि लिखित जवाफ बुझाएका हुन् ।आयोग प्रवक्ता विज्ञानराज शर्माका अनुसार आयोगले बयान लिने काम लगभग सकिसकेको छ ।

पछिल्लो समय केपी शर्मा ओली, रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल लगायतको पनि बयान लिएको छ।