राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा नाम करेक्सनकाे काम भइरहेकाे छ। केही उम्मेदवारले स्वैच्छिक रूपमा आफ्नो नाम फिर्ता लिइरहेका छन् भने केहीलाई पार्टीले नै प्रेसर गरिरहेको छ ।
अहिले रास्वपामा दबाबमा रहेका नेता हुन् मिलन लिम्बु । उनी आदिवासी जनजाति पुरुषको क्लस्टरमा छैटौँ नम्बरमा छन् । यसअघि लिम्बु इलाममा भएको उपनिर्वाचनमा रास्वपाबाट प्रतिस्पर्धा गरेर हारेका थिए । प्रत्यक्षमा हारेपछि समानुपातिकमा आउन चाहेका उनलाई सभापति रवि लामिछानेले नै ब्याक हुन दबाब दिइरहेकाे छ ।
त्यस्तै अर्का नेता हुन् विपिन आचार्य उनीमाथी पनि विवाद चलिरहेकाे छ । उनी रास्वपाका सहमहामन्त्री हुन् । रास्वपाले प्रकाशित गरेको प्रारम्भिक निर्वाचनका उम्मेदवारहरूको सूचीमा भने उनकाे नाम थिएन ।
उनलाई प्राइमरी इलेक्सनमा भाग भने लिन अनुमति दिएकाे थियाे । यधपी विपिनले प्राइमरीमा खस आर्य पुरुषतर्फ तेस्रो सर्वाधिक मत ल्याए । यसैकारण बन्दसूचीमा उनी सोही क्लस्टरको एक नम्बरमा परेका छन् । तर कतिपय नेताहरू असन्तुष्ट जनाउदै उनलाइ बन्दसूचीबाट हट्न दबाब दिइरहेकाे स्राेतले जनाएकाे छ ।