सरि मेरो गल्ति भयो माफी देउन बिन्ति
सधै तिमीलाई साथ दिन्छु बाचुन्जेलको निम्ती ।
हिमाललाई हिँउ भो पेवा नदिलाई पानी
यता पनि माया लाउन ए चोखो दिलकी रानी ।
ढुङ्गाभन्ढा साह्रो छ रे निष्ठुरी मन
चैते मासमा डढेलो लाग्छ जल्छ सारा वन ।
चखेवाकाे जाेडी राम्राे मेलम्चीकाे पानी
जिवन काट्ने माया लाउनु साचाे माया ठानी ।
कुहुँ कुहुँ काेईली बाेल्ने मयूर सुनी नाँच्ने
दुई दिने चाेला हजुर कति दिन बाच्ने ।
खाना पाक्छ आगाेले नि कपडा सुक्छ घामले
बसका यात्रु विजाेग हुन्छ लामाे चक्का जामले ।
तिम्राे मेराे नाम लेखाैं ढुङ्गामा कोपेर
जति सुकै दुख पराेस बसाैला नी सहेर ।
मानि देउन मनका कुरा दक्षिणकाली सम्झी
आउछु म त तिमीलाई भेट्न घरबाट सम्झी।
तिमीलाई पाउन पाए अरु चाहिँदैन केही
लिई आउछु सुनको चुरा अरु ल्याउदिन केही।
- कुलवीर माझी