Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

प्रधानमन्त्री कार्कीले बोलाइन् सयुक्त बैठक

प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक बोलाएकी छन् ।

प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरेकी हुन् । उक्त बैठक शनिबारका लागि आह्वान गरेकी हुन्।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीका सम्बन्धमा प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।