Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

सेनाका पूर्व रथी बालानन्द शर्मा परराष्ट्र मन्त्री बन्दै, आजै शपथ

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मा परराष्ट्र मन्त्री बन्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गर्ने र आजै शपथ गराउने तयारी छ। 

‘बालानन्द शर्माको शपथ आजै हुने स्रोतले जनाएको छ । शर्मा माओवादी लडाकूलाई शान्तिप्रक्रियामा आएपछि सेनामा समायोजन गर्ने विशेष समिति सचिवालयका संयोजक थिए।

उनले तत्कालीन केपी शर्मा ओली सरकार हुँदा कोभिड-१९ को महामारीको बेला गठन भएको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसीको जिम्मेवारी पनि पाएका थिए।