Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

प्रशासनको अनुमतिबिनै तीन दिनदेखि माइतीघर मण्डलमा जेनजी आन्दोलन

काठमाडौंको माइतीघर मण्डलामा तिन दिनदेखि जेनजी अगुवा मिराज ढुंगाना समुहको आन्दोलन जारी छ ।
 
जेनजीको भावनाअनुरूप सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै आन्दोलन जारी रहेको छ ।
 

यधपी संविधान पुनर्लेखनसँगै सर्वपक्षीय सरकार गठन गरी देशलाई निकास दिनुपर्ने माग जेनजीहरूको छ । तर, प्रशासनले अनुमति नदिएपछि दैनिक प्रहरीले हटाउन खोजिरहेको जेनजी अगुवा हरिश भट्टले जानकारी दिए ।