नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भई कम्म्पनीकोआगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधीहरूले पाउनेछन्।