Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

फेरि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ५ सयले बढेर तोलाको २ लाख ४३ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ३१५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि आइतबार चाँदी तोलाको ३१३५ मा कारोबार भएको थियो ।