Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

बढ्यो पेट्रोल र डिजलको मूल्य, प्रतिलिटर कति पुग्यो?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर २ र डिजल-मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । निगमले भारतबाट पेट्रोलमा २.५४ रुपैयाँले र डिजेलमा ६.५३ रुपैयाँले बढेर आएकोले निगमले मूल्य बढाएको जानकारी दिएको छ । 

मूल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको प्रति लिटर १६१ र डिजेल-मट्टीतेल प्रति लिटर १४७ भएको निगमले जनाएको छ ।