Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

होण्डाले २००१ देखि २०१४ सम्मका मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने

नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता, स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि.ले आफ्ना ग्राहकहरुको सुरक्षालाई सर्बोपरि प्राथमिकतामा राख्दै एक महत्त्वपूर्ण 'सेफ्टी रिकल' अभियानको घोषणा गरेको छ। यस अभियान अन्तर्गत, कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरुको एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गर्ने भएको छ।

यो 'सेफ्टी रिकल' अभियान होण्डा मोटर कम्पनी, जापानको विश्वव्यापी अभियानको एक हिस्सा हो, जसको उद्देश्य पुराना गाडीहरुमा समयसँगै एयरब्याग इन्फ्लेटरमा देखिन सक्ने सम्भावित प्राविधिक समस्यालाई हटाई ग्राहकहरुको यात्रालाई थप सुरक्षित बनाउनु हो। ग्राहकप्रतिको आफ्नो उत्तरदायित्वलाई मनन गर्दै स्याकार ट्रेडिङ्गले नेपालमा पनि यो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेको हो।

यस अभियान अन्तर्गत ज्याज (Jazz), अकर्ड (Accord), सीआर-भी (CRV), सिभिक (Civic), सिटी (City) र स्ट्रिम (Stream) मोडेलका गाडीहरु समावेश गरिएका छन्। कम्पनीले यी गाडीहरुको एयरब्याग कुनै पनि शुल्क नलिई दक्ष प्राविधिकहरुद्वारा परिवर्तन गरिदिने व्यवस्था मिलाएको छ। स्याकार ट्रेडिङ्गले उल्लेखित मोडेलका गाडीधनीहरूलाई आफ्नो गाडी यस अभियानमा समावेश छ वा छैन भनी यकिन गर्न र तुरुन्तै अपोइन्टमेन्टका लागि नजिकको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछ।

सम्पर्कका लागि आधिकारिक सर्भिस सेन्टरहरू:
काठमाडौं: ९८०११०८१११, ०१-५१५३५४२, ५१५३०४१
पोखरा: ९८४६९७७६२९, ९८५६०३३८२८
विराटनगर: ९८५२०२३२१२, ९८०७३०३२१२
बुटवल: ९८५७०३७८७७, ९८०२६२२२८०
वीरगन्ज: ९८०३१५६४३०

कम्पनीले आफ्ना ग्राहकहरुलाई सुरक्षित यात्राको सुनिश्चितताका लागि यस अभियानमा सहभागी हुन हार्दिक अपिल गरेको छ।