Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा दमक र अनारमनी प्रहरी कार्यालयलाई सहयोग सामग्री हस्तान्तरण

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले हालै जेन जेड आन्दोलनका क्रममा भएको तोडफोडपछि इलाका प्रहरी कार्यालय दमक र अनारमनीलाई आवश्यक सहयोग सामग्री हस्तान्तरण गरेको छ।

दमकस्थित प्रहरी कार्यालयलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ र दमक शाखा प्रमुख सुमन दुलालले संयुक्त रूपमा टेबल र कुर्सीहरू हस्तान्तरण गरेका हुन्।  उक्त सामग्री प्रहरी नायब उपरीक्षक किशोर लम्साल र इलाका पुनर्निर्माण समितिका संयोजक तथा उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईंलाई प्रदान गरिएको थियो।

त्यसैगरी, विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीलाई पनि कम्पनीकी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ र विर्तामोड शाखा प्रमुख सुशील थापाले एक थान कम्प्युटर हस्तान्तरण गरेका छन्। कम्पनीले उक्त सहयोगले प्रहरी सेवाको सहजता र कार्यक्षमता अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ। 

साथै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले सधैं सामाजिक उत्तरदायित्व, सहकार्य र समुदायप्रतिको प्रतिबद्धतामा दृढ रहेको बताउँदै, आगामी दिनहरूमा पनि यस्ता पुनर्निर्माण र सहयोगमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।