Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सोनापुर मिनरलले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रा.लि.ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको  छ ।

पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत लाइन मंगलबार साँझ जडान गरिएको छ । 

सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार  रुपैयाँ बक्यौता रहेको छ ।

बक्यौतालाई २८ किस्तामा विभाजन गरी सोनापुर मिनरले ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।