Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको ४९ सयले बढेर तोलाको २ लाख ४६ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ४१ हजार ५ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले बढेर ३१७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३०६५ मा कारोबार भएको थियो ।