Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

बालेनको आक्रोश- चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्न लाज लाग्दैन भन्दै प्रश्न गरेका छन्  ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले आन्दोलनमा पुरै देश एमालेले काँग्रेसको र काँग्रेसले एमालेको जलाउछ, अनि दोष आफ्नो बाल बच्चालाई दिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले भनेका छन्: 

तुइन र काठको पूल बनाउने नेताहरु भन्छन, यो देश विदेशीले बिगार्यो,

भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ !!!

आन्दोलनमा पुरै देश एमालेले काँग्रेसको जलाउछ, 

काँग्रेसले एमालेको जलाउछ, दोष आफ्नो बाल बच्चालाई दिन्छौ !

चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?