Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सुशिला कार्की ओलीको सिफारिस र आफुहरुको समर्थनमा प्रधानमन्त्री बनेकी हुन्- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार केपी ओलीको सिफारिसमा आफुहरुको समर्थनमा बनेको बताएका छन् ।

महोत्तरीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सुशिला कार्की ओलीकै सिफारिसमा प्रधानमन्त्री बनेको दोहोराउदै त्यसमा आफुहरुको समर्थनमा बनेको दोहोराएका हुन् ।

उनले ओलीले आफुले सिफारिस गरेको कुरा शुरुमा स्वीकार नगरेपनि अहिले आएर स्वीकार गरेको बताउदै ओलीले भदौं २३ गते नै राजीनामा दिएको भए २४ गतेको विध्मस हुने थिएन भन्ने दाबि गरे ।

प्रचण्डले घोषित मितिमै निर्वाचन गरेर जेनजीका माग सम्बोधन गरेर संबिधान संशोधन गर्नुपर्नेमा आफुहरु अडिक रहेको बताए । माओवादीको नेतृत्वमा देशमा चुनावको माहोल बन्दै गरेको भन्दै मंगलबार प्रधनमन्त्रीले बोलाएको बैठकमा समेत सबै दल चुनावमा जान तयार रहेको अभिव्यक्ति दिएको समेत उल्लेख गरे ।