Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

बालुवाटार बैठक अपडेट: छलफल जारी, दलहरु निर्वाचन केन्द्रित धारणा राख्दै

प्रधानमन्त्री सुशीला कार्कीको राजनीतिक दलहरुसँगको छलफल जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छलफलमा १० राजनीतिक दलका प्रतिनिधिहरुसहित दुई जना पर्यवक्षकसमेत रहेका छन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल अझै केही समय चल्ने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार सबै दलले निर्वाचनमै केन्द्रित भएर सबैले धारणा राखिरहेका छन् ।

निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएका छन् भने सबैको चासो सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने रहेको छ ।छलफलमा एमालेले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध नगरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।