Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

विपिन जोशी फर्किनेछन् भन्ने सधैं लाग्थ्यो: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विपिन जोशी फर्किनेछन् भन्ने सधैं लाग्ने गरेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महामन्त्री थापाले विपिन जोशी फर्किनेछन् भन्ने सधैं लाग्थ्यो तर उनी त अस्ताइसकेका रहेछन् भन्ने लेखेका छन् । उनले यो खबरले स्तब्ध बनाएको उल्लेख गर्दै विपिन जोशीप्रति  हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

हमासले गएराती रेडक्रस मार्फत विपिनको शव हस्तान्तरण गरेको थियो । त्यसपछि मंगलबार इजरायली सेनाले डिएनए परिक्षणपछि सो शव विपिनको भएको पुष्टि भएको जानकारी दिएको हो । साथै इजराली सेनाले हमासले विपिनको हत्या अपहरण गरेको केहि महिनामै गरेको अनुमान गरेको छ ।