Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

पल शाह ‘आबाट आमा’ को छायांकन सकिनासाथ सोहि ब्यानरको अर्को फिल्ममा अनुबन्ध

चन्द्र पन्तको निर्देशनमा निर्माण भएको फिल्म ‘आबाट आमा’ को २५ दिनमै छायांकन सकिएको छ । फिल्मको छायांकन सकिएलगत्तै निर्देशक पन्तले अभिनेता पल शाहलाई अर्को फिल्मका लागि अनुबन्ध गरेका छन्। निर्देशक चन्द्र पन्तले फिल्मको नाम र अन्य कलाकारबारे पछि जानकारी दिने बताएका छन् ।

निर्देशक पन्तले फिल्म ‘आबाट आमा’ को छायांकन २५ दिनअघि तनहुँको गलेश्वर मन्दिरमा शुभ मुहूर्तसँगै चितवनबाट छायांकन थालेका थिए । एक महिनाको सेड्युलमा छायांकन थाले पनि कलाकार तथा प्राविधिक पक्षको मेहनतले ५ दिनअघि नै चलचित्रको सुटिङ सकिएको छ ।

चितवन, काठमाडौं लगायत विभिन्न स्थानमा खिचिएको यस चलचित्रमा पल शाह, प्रदीप रावत, विपना थापा, गजित विष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायतले मुख्य भूमिकामा अभिनय गरेका छन् । 

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको डिओपीमा नवराज उप्रेती छन् । फिल्मको संगीतमा कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम रहेका छन् । यो फिल्मको विदेश प्रदर्शन अधिकार बिक्री भइसकेको छ । निर्माण पक्षका अनुसार अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको हो । हिमारु इन्टरटेन्मेन्ट प्रालिले दुवै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ।

नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।